सुनसरी-४ बाट सञ्चारमन्त्री कार्की सर्वसम्मत सिफारिस
नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सुनसरी-४ बाट सर्वसम्मत सिफारिस भएका छन् । कांग्रेस सुनसरी ४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचन कार्यसमितिले कार्कीको सर्वसम्मत सिफारिस गरेको हो ।
मन्त्री कार्कीले भने, ‘सुनसरी-४ बाट मेरो नाम सर्वसम्मत सिफारिस भएको छ ।’ ०७४ को निर्वाचनमा बाम गठबन्धनका बाबजुद कार्की कांग्रेसका २३ जना मध्ये सर्वाधिक मतानन्तरले विजयी भएका थिए । कार्कीले वाम गठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई ६ हजार ५९७ मतान्तरले पराजित गरेका थिए ।
तत्कालीन अर्थमन्त्री समेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाउँदा श्रेष्ठले २५ हजार ७५० मत पाएका थिए । यस पटक उनी पाँच दलीय गठबन्धनबाट सुनसरी-४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने निश्चित जस्तै छ । सरकार प्रवक्ता तथा गठबन्धन कार्यदल सदस्य कार्कीको निर्वाचन क्षेत्रमा स्थानीय तह चुनावमा कांग्रेसले पालिकास्तरमा क्लिन स्वीप गरेको थियो ।
कांग्रेसले सुनसरी संसदीय क्षेत्र नम्बर–४ का ४ पालिकाको प्रमुख पदमा जितेको छ । कांग्रेसका प्रभावशाली नेत कार्कीको निर्वाचन क्षेत्रमा रहेको सुनसरी–४ का वराहक्षेत्र नगरपालिका, कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकामा काँग्रेस विजयी भएको छ । निर्वाचन क्षेत्रका पालिकाको प्रमुखमा मात्र नभई उपप्रमुखसहित बहुमत जनप्रतिनिधि सत्तारुढ गठबन्धनका दलका उम्मेदवार विजयी भएका छन् ।
सुनसरी ४ मा स्थानीय निर्वाचनमा कांग्रेस २८ हजार ७५६ मत ल्याएर पहिलो छ । यस्तै जसपाको ९ हजार ८६३, एसको ३ हजार ७ सय , माओवादीको ३ हजार ६४६ मत छ । कार्कीको निर्वाचन क्षेत्रमा गठन्धनमा ४५ हजार ९६५ मत छ । यता एमालेको २३ हजार ६१३, राप्रपाको ३ हजार ४५७ रलोसपाको १ हजार ५०४ मत छ । सुसरी ४ मा गठबन्धन बाहिर २८ हजार ५७४ मत मात्र छ । गठबन्धन १७ हजार ३९१ मतले अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण