बढ्दो उर्जा लागत कटौती गर्ने ट्रसको प्रतिवद्धता

बेलायतमा कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रसले ऊर्जाको बढ्दो लागत र कर कटौती गर्ने वाचा गरेकी छिन् । टोरी नेतृत्वको प्रतिस्पर्धामा विजयी भएपछि उनले यस्तो प्रतिवद्धता जनाएकी हुन् । पार्टी नेतृमा विजयी भएपछि ट्रसले अर्थतन्त्रको विकास गर्न र बेलायतलाई मन्दीबाट जोगाउन कर कटौतीको बाचा गरेकी हुन् ।
नयाँ प्रधानमन्त्रीले थ्याचरपछिकै खराब समयको सामना गर्नुपर्ने सन्डे टाइम्सले जनाएको छ । युक्रेनमाथि रुसी हमलाको पृष्ठभूमिमा मुद्रास्फीति दोहोरो अंकमा बढेको र उर्जाको मूल्य आकाशिदा बेलायत जीवनयापनको खराब संकटबाट गुज्रिएको छ ।
यसै वर्षको अन्त्यमा बेलायत आर्थिक मन्दीतर्फ धकेलिँदै गर्दा ट्रसले कर कटौती गर्ने र आर्थिक वृद्धिलाई प्राथमिकता दिने बताएकी थिइन् । कर कसरी कटौती गर्ने भन्ने बारेमा एक महिनाभित्र पूर्ण योजना लिएर आउने र बेलायती अर्थतन्त्रलाई अगाडि बढाउने उनले बताएकी छिन् ।
ट्रस आज नै प्रधानमन्त्रीमा नियुक्त हुँदै छिन् । बोरिस जोनसनको बिदाइ सम्बोधनपछि बेलायती महारानीले बालमोरल क्यासलमा उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्ति गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त्य गर्छौ : मन्त्री यादव
-
यस्तो बन्दैछ नागढुंगा–नौबिसे सडकखण्ड, तस्बिरमा हेर्नुहोस्
-
आदि शंकराचार्य : जीवन, दर्शन तथा योगदान
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
रवि लामिछानेविरुद्धको मुद्दा सरकारी वकिलको अध्ययनमै
-
३.४४ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम ९ अर्ब २४ करोड