शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘आशिकी ३’ मा कार्तिक आर्यनको जोडीमा जेनिफरको चर्चा

मङ्गलबार, २१ भदौ २०७९, १३ : ५७
मङ्गलबार, २१ भदौ २०७९

सुपरहिट फिल्म ‘आशिकी’ र ‘आशिकी २’ पछि अब ‘आशिकी ३’ को घोषणा भएको छ । अनुराग बसुको निर्देशन रहने फिल्म कार्तिक आर्यन मुख्य भूमिकामा देखिने चर्चा छ । 

फिल्ममा कार्तिक आर्यनको अपोजिटमा जेनिफर विङ्गेट देखिने चर्चा छ । ‘आशिकी ३’ १९९० को फिल्म ‘आशिकी’ र २०१३ को फिल्म ‘आशिकी २’ को तेस्रो पार्ट हो । यस फिल्मका निर्देशक अनुराग बसु हुन् । ‘आशिकी’ मा राहुल रोय र अनु अग्रवाल मुख्य भूमिकामा थिए । त्यसपछि ‘आशिकी २’ आदित्य रोय कपुर र श्रद्धा कपूर देखिएका थिए । अहिले ‘आशिकी ३’ मा कार्तिक आर्यन र जेनिफर विङ्गेट हुनेछन् । तर, अहिलेसम्म निर्माता र अभिनेत्रीले यसबारे कुनै आधिकारिक पुष्टि गरेका छैनन् ।

जेनिफर विङ्गेट टिभी सिरियल बेहद र बेपन्नाहमा देखा परेकी छिन् । यसबाहेक उनी सिरियल सरस्वतीचन्द्रमा पनि देखिएकी थिइन् । जेनिफरले आमिर खानको ‘अकेले हम अकेले तुममा’ बालकलाकारको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन् । 

यसपछि उनी रानी मुखर्जीको डेब्यू फिल्म ‘राजा की आएगी बारात’ मा पनि देखिएकी थिइन् । टिभीमा जेनिफरको पहिलो ठूलो भूमिका सिरियल कसौटी जिंदगी के थियो । यसबाहेक उनी ओटीटीमा पनि देखिँदै आएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप