शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रास्वपा महाधिवेशन

रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त

शुक्रबार, १२ असार २०८३, ०१ : ३६
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा उपसभापति पदका लागि महिला नेतृहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
  • पार्टीको विधान अनुसार तीन उपसभापति रहने व्यवस्था छ, जसमा एक जना महिला अनिवार्य हुनुपर्छ ।
  • पूर्व उपसभामुख इन्दिरा राना, नेतृ सोबिता गौतम, डा. तोसिमा कार्की र समीक्षा बाँस्कोटाले उपसभापतिका लागि उम्मेदवारी दिएका छन् ।

चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक महाधिवेशनमा उपसभापति पदका लागि महिला नेतृहरूबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन कार्य तालिका सार्वजनिक गरेसँगै महिला उपसभापति पदका लागि पार्टीका प्रभावशाली अनुहारहरूले उम्मेदवारी दिएका छन् ।

पार्टीको विधान अनुसार तीन जना उपसभापति रहने व्यवस्था छ, जसमा एक जना महिला अनिवार्य हुनुपर्छ । सोही एक सिटका लागि पूर्व उपसभामुख इन्दिरा राना, नेतृ सोबिता गौतम र डा. तोसिमा कार्कीले उम्मेदवारी दिएका छन् । यस्तै, समीक्षा बास्कोटाले पनि उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

रास्वपाको विधानमा तीन उपसभापति (१ खुला, १ महिला र १ मनोनीत) रहने प्रावधान छ ।

विशेषगरी केन्द्रीय सदस्यको निर्वाचनमा सर्वाधिक मत ल्याउने मध्येका सोविता गौतम र डा. तोसिमा कार्कीबिचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप