भलिबल संघको निर्वाचन आज
बुधबार, २२ भदौ २०७९, ०९ : ४९
करिव दुई वर्ष ढिला गरि नेपाल भलिबल संघको चुनावी साधारण सभा आज हुँदैछ । कोरोना महामारीका कारण दुई वर्ष ढिला भएको चुनावले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने चुनावी साधारण सभामा सहसचिवका लागि मास्केको प्यानलबाट मनवीर छन्त्याल र चन्दको प्यानलबाट रोशन श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
संघको केन्द्रीय निर्वाचनमा १३१ जना मतदाता छन् । बागमती प्रदेशबाट दुई भोट निर्वाचन प्रक्रियामा समावेश गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण