सुनिल शेट्टीकी छोरीसँग विवाह गर्दै केएल राहुल
बुधबार, २२ भदौ २०७९, १४ : ५७
बलिउड अभिनेत्री अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलबीचको प्रेम सम्बन्ध लामो समयदेखि चर्चामा छ । बेलाबेला उनीहरुको विवाहको समाचार पनि आइरहन्छ ।
भारतीय न्युज एजेन्सी एएनआईको रिपोर्ट अनुसार बीबीसीआई स्रोतले दुई जनाले आगामी जनवरीमा विवाह गर्न लागेको जानकारी दिएका छन् । स्रोतका अनुसार केएल राहुलले बीसीसीआईलाई आफूले आगामी वर्ष विवाह गर्न लागेको जानकारी गराएका छन् । टी–२० विश्वकप र न्युजिल्याण्डको भ्रमणपछि दुईजनाले महाराष्ट्रमा विवाह गर्ने उनको भनाई छ । यो कुरा अथियाको परिवारले पनि बताएका छन् ।
यसअघि राहुल–अथियाको विवाह सुनील शेट्टीको खन्डालास्थित घरमा हुने बताइएको थियो । दुई जना ३ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् । अथिया र राहुल मुम्बईको बान्द्रास्थित पाली हिलमा संधु प्यालेस नाम गरेकी बिल्डिङको अपार्टमेन्टमा सँगै बस्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण