शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रास्वपा महाधिवेशन

रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल

शुक्रबार, १२ असार २०८३, ०० : ५९
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा उपसभापति पदका लागि सोबिता गौतमको प्रस्तावक प्रतिभा रावल बनेकी छन् ।
  • भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहेकी रावलले सामाजिक सञ्जालमार्फत आफू सोबिताको प्रस्तावक बसेको जानकारी दिएकी हुन् ।
  • यसअघि, केन्द्रीय सदस्यको मतपरिणाममा सोबिताले २५९४ मत प्राप्त गरेकी थिइन् ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा उपसभापति पदका लागि सोबिता गौतमको प्रस्तावकमा प्रतिभा रावल बसेकी छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहेकी रावलले सामाजिक सञ्जालमार्फत आफू सोबिताको प्रस्तावक बसेको जानकारी दिएकी हुन् ।

मन्त्री रावलले फेसबुकमा लेखेकी छन्, ‘विजयी भवः राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति उम्मेदवार सोबिता गौतमको प्रस्तावक बसेकी छु । ’

यसअघि, बिहीबार राति सार्वजनिक भएको केन्द्रीय सदस्यको मतपरिणाममा सोबिताले २५९४ मत प्राप्त गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप