शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रास्वपा महाधिवेशन

रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान

शुक्रबार, १२ असार २०८३, ०१ : ०७
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्य तालिका मध्यरातमा सार्वजनिक गरिएको छ ।
  • केन्द्रीय निर्वाचन आयोगले बिहीबार राति अबेर सूचना जारी गर्दै निर्वाचनका विभिन्न प्रक्रिया र मतदानको समय तोकेको हो ।
  • सार्वजनिक कार्य तालिका अनुसार निर्वाचनका प्रक्रियाहरू बिहीबार राति ११ः४० बजेदेखि नै सुरु भएका छन् ।

चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्य तालिका मध्यरातमा सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले बिहीबार राति अबेर सूचना जारी गर्दै निर्वाचनका विभिन्न प्रक्रिया र मतदानको समय तोकेको हो ।

सार्वजनिक कार्य तालिका अनुसार निर्वाचनका प्रक्रियाहरू बिहीबार राति ११ः४० बजेदेखि नै सुरु भएका छन् ।  राति ११ः४० देखि ११ः५५ सम्म उम्मेदवारी मनोनयन फाराम वितरण गरिएको थियो भने ११ः५५ देखि आज (शुक्रबार) बिहान १२ः२५ सम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

आयोगका अनुसार बिहान ३:३० मा उम्मेदवारहरुकाे अन्तिम नामावली प्रकाशन गरेसँगै बिहान ४ बजेदेखि १० बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ ।
rsp aayog notice

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप