रास्वपा महाधिवेशन
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
शुक्रबार, १२ असार २०८३, ०० : ४४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीमा उम्मेदवारी दिनेको आकांक्षा बढेको छ।
- ९९ केन्द्रीय सदस्यका लागि भएको मतदानमा केन्द्रीय सदस्यमा जित्नेहरूले धमाधम उम्मेदवारी दिने घोषणा गरेका छन्।
- सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन् भने महामन्त्रीमा धेरैले उम्मेदवारी दिने घोषणा गरेका छन्।
चितवन। निर्वाचन आयोगले औपचारिक विजेता घोषणा नगर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पदाधिकारीमा उम्मेदवारी दिनेको आकांक्षा बढेको छ । ९९ केन्द्रीय सदस्यका लागि भएको मतदानमा केन्द्रीय सदस्यमा जित्नेहरूले धमाधम उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसकेका छन् । सभापतिपछि शक्तिशाली मानिने महामन्त्रीमा शिशिर खनाल, गणेश पराजुली, विपिन आचार्य, कवीन्द्र बुर्लाकोटी, मनिष झा यसअघि नै उम्मेदवारी दिने घोषणा गरेका थिए । आयोगले मतगणना घोषणा गरेसँगै रञ्जु दर्शना, सागर ढकाल, राजु पाण्डे, प्रमोद न्यौपानेले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण