नोबेलको स्वास्थ्य शिविरबाट ७ सय विरामी लाभान्वित
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित विराटचोकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विराट चेस क्लबसँग सहकार्य गरेर एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ७ सय ६५ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १ सय ४५ जनाको इसीजी, १ सय ९४ जनाको रक्त परीक्षण र १ सय ९७ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएर शिविरमा आएका ३७ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार सम्भव नभएका ४२ जना विरामीलाई थप उपचारका लागि नोबेल अस्पताल रिफर गरिएको छ ।
शिविरमा स्त्री रोग विशेषज्ञ डा.प्रतिमा काफ्लेसहित २२ जना स्वास्थ्यकर्मीहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । विशेषगरी स्त्रीरोगलाई प्राथमिकता दिएर आयोजना गरिएको शिविरमा उपचारका लागि ठूलो संख्यामा महिलाहरु आएका थिए ।
नोबेलले पूर्वी नेपालका बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं विरामीले निःशुल्क उपचार पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण