पत्रपत्रिका
१ हजार २३८ विद्यार्थी र १ सय ५१ विद्यालयका चालक कारबाहीमा
बिहीबार, २३ भदौ २०७९, ०७ : ०८
विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने १ सय ५१ चालक कारबाहीमा परेका छन्। निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही सुरु गरेको हो।
कारबाहीमा परेकामध्ये अधिकांश विद्यार्थीले चालक अनुमति पत्र नबोकेको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले दिएको जानकारीअनुसार कारबाहीमा परेका अधिकांश विद्यार्थीले सवारी चालक अनुमति पत्र नबोकीकन मोटरसाइकल चलाएका थिए। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
-
निजामती विधेयकबारे कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयबिच टसल
-
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
-
सरकारका १०० दिनः कर्मचारीलाई १५ दिनमा तलबदेखि पेन्सनमा राहतसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण