इगालाई यूएस ओपनको उपाधि
आइतबार, २६ भदौ २०७९, ०८ : ४१
विश्व नम्बर १ खेलाडी इगा स्वान्तेकले पाँचौँ वरीयताकी टुनिसियाली खेलाडी ओन्स जाबेउरलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेकी छन् । सन् २०२२ मा उनको यो दोस्रो उपाधि हो ।
२१ वर्षीया पोलिस खेलाडीले ६–२, ७–६ (५–५) को जीत हासिल गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भइन् । एकतर्फी पहिलो सेटपछि २८ वर्षीया जाबेउरले दोस्रो सेटमा पुनरागमनको प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन ।
हार्ड कोर्टमा स्वान्तेकको यो पहिलो उपाधि हो । यसअघिका दुवै उपाधि उनले फ्रेन्च ओपनको क्ले कोर्टमा जितेकी थिइन् । उता गत जुलाईमा विम्बल्डनको फाइनलमा पराजित जाबेउरको उपाधिको प्रतीक्षा भने अझै लम्बिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण