यु-१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्ने
श्रीलंकामा जारी यु १७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंकामाथि ६–० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गर्यो । नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ ।
कोलम्बोमा नेपाली टिमलाई जित दिलाउन हरिस भट्ट, प्रशान्त लक्षमण, सुवास बम, निरोज कार्की, युनेश बुढाथोकी र सिजल राईले समान एक गोल गरे ।
खेलको २१औं मिनेटमा कप्तान प्रशान्तको गोलबाट नेपालले अग्रता बनाएका थियो । त्यसको अर्को मिनेटमा नै हरिसले नेपालको अग्रता दोब्बर पारे । यस्तै, ३० औं मिनेटमा सुवास बमले नेपालको अग्रतालाई ३–० मा पुर्याए । ३७ औं मिनेटमा निरोज कार्कीले गोल गर्दै नेपालको अग्रतालाई अझ फराकिलो बनाए । पहिलो हाफमा ४–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा दुई गोल थप्यो ।
नेपालका युनेशले ५१ औं मिनटमा गोल गर्दै टिमको अग्रतालाई ५–० मा पुर्याए । यस्तै, खेलको अन्तिम मिनेटमा सिजल राईले गोल गरेपछि नेपालले ६–० को जित निश्चित गर्यो ।
नेपालले बुधबार उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ ले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण