स्पेनका पूर्वराजा कार्लोस बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुने
मङ्गलबार, २८ भदौ २०७९, १० : ०७
स्पेनका पूर्वराजा जुआन कार्लोेसले रानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । जुआन कार्लोस र उनकी श्रीमतीले सेप्टेम्बर १९ मा महारानीको अन्त्येष्टिमा उपस्थित हुने भएका हुन् ।
अभियोजकहरूले स्पेन र स्विट्जरल्याण्डमा ठगीको आरोपहरू खोज्न थालेपछि पूर्वराजा कार्लोसले अगस्ट २०२० मा स्पेन छोडेर अबुधाबीमा बस्न थालेका थिए । अपर्याप्त प्रमाणका कारण अनुसन्धान खारेज गरिएको थियो । जुआन कार्लोसले आफूमाथि लगाइएका आरोपमा टिप्पणी गर्न अस्वीकार गर्दैै आएका छन् ।
महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको निधनमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखले समवेदना प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण