शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापालाई नियुक्त गर्ने निर्णय

मङ्गलबार, २८ भदौ २०७९, १० : ५०
मङ्गलबार, २८ भदौ २०७९

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुतराज थापालाई नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई विभागको प्रमुखमा नियुक्त गरेको भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले रातोपाटीलाई बताए ।

राष्ट्रिय अनुसन्धान विभाग​का प्रमुख यदुलाल खरेलले मंगलबारबाट अवकाश पाउँदै छन् । नवनियुक्त प्रमुख थापाले भदौ २९ बाट कार्यभार समाल्नेछन् । थापासँग प्रमुख बन्ने प्रतिस्पर्धामा ओम जोशी थिए । सरकारले वरिष्ठतम् अतिरिक्त मुख्य अनुसन्धान निर्देशकलाई प्रमुखमा नियुक्त गरेको हो ।

उनले ३ वर्ष अनुसन्धान विभागको नेतृत्व गर्नेछन् । उनि कार्यसम्पादनमा अब्बल अधिकृतको रुपमा परिचित छन् । त्यस्तै, रिक्त भएको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाई बढुवा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप