राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापालाई नियुक्त गर्ने निर्णय
मङ्गलबार, २८ भदौ २०७९, १० : ५०
राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुतराज थापालाई नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई विभागको प्रमुखमा नियुक्त गरेको भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले रातोपाटीलाई बताए ।
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले मंगलबारबाट अवकाश पाउँदै छन् । नवनियुक्त प्रमुख थापाले भदौ २९ बाट कार्यभार समाल्नेछन् । थापासँग प्रमुख बन्ने प्रतिस्पर्धामा ओम जोशी थिए । सरकारले वरिष्ठतम् अतिरिक्त मुख्य अनुसन्धान निर्देशकलाई प्रमुखमा नियुक्त गरेको हो ।
उनले ३ वर्ष अनुसन्धान विभागको नेतृत्व गर्नेछन् । उनि कार्यसम्पादनमा अब्बल अधिकृतको रुपमा परिचित छन् । त्यस्तै, रिक्त भएको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाई बढुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा डा. उप्रेतीद्वारा पदभार ग्रहण
-
जनता सजग नभए संविधानमा हुने प्रतिगामी संशोधन रोक्न सकिँदैन : प्रदीप ज्ञवाली
-
एआई क्यामेरामार्फत ५९ जना पक्राउ, जेनजी प्रदर्शनमा लुटिएका १८५ हतियार बरामद
-
कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा, वैदेशिक व्यापार लागत घट्ने अपेक्षा
-
हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड
-
तेल आपूर्तिका सबै विकल्प कमजोर, विश्व बजारमा थप संकटको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण