शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

एआई क्यामेरामार्फत ५९ जना पक्राउ, जेनजी प्रदर्शनमा लुटिएका १८५ हतियार बरामद

शुक्रबार, ०८ साउन २०८३, १५ : १३
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • काठमाडौँमा एआई क्यामेरामार्फत ५९ जना संकितलाई पहिचान गरेर प्रहरीले पक्राउ गरेको छ ।
  • गत आर्थिक वर्षमा एआई क्यामरा मार्फत ५९ जना संकित पहिचान गरेर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
  • २०८२ भदौ २३ र २४ मा हराएका १८५ हतियार बरामद गरिएको छ भने ५२ मानिस पक्राउ गरिएको छ ।

काठमाडौँ । काठमाडौँमा एआई क्यामेरामार्फत ५९ जना संकितलाई पहिचान गरेर प्रहरीले पक्राउ गरेको छ ।गत आर्थिक वर्षमा एआई क्यामरा मार्फत ५९ जना संकित पहिचान गरेर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

शुक्रबार भद्रकालीस्थित परिसरमा आयोजित पत्रकार सम्मेलनमा एसपी पवन भट्टराईले २०८२ भदौ २३ र २४ मा हराएका १८५ हतियार बरामद गरिएको बताए । उनले भने, ‘हामीले आफ्नो सक्रियतामा १८५ हतियार बरामद बरामद गरेका छौँ भने ५२ मानिस पक्राउ गरेका छौँ ।’ 

कारागारबाट भागेका १७५ कैदी र ९४ जना थुनुवालाई २०८२ साउनदेखि २०८३ असार मसान्तको अवधिमा पक्राउ गरिएको एसपी भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप