काठमाडौँमा लागुऔषधको मुद्दा २ सयले बढ्यो, १ हजार ७३ जना पक्राउ
शुक्रबार, ०८ साउन २०८३, १५ : ०७
सारांश
- गत आर्थिक वर्षमा काठमाडौँमा लागुऔषध मुद्दाको सङ्ख्या २ सयले बढेर १ हजार ७३ जना पक्राउ परेका छन्।
- काठमाडौँ प्रहरीले दिएको जानकारी अनुसार, गत आवमा लागुऔषध सम्बन्धी ६७० वटा कसुरमा अनुसन्धान गरिएको छ।
- पक्राउ परेकामध्ये १ हजार १३ पुरुष र ६० महिला रहेका छन्।
काठमाडौँ। काठमाडौँमा लागुऔषधको मुद्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दुई सयले बढेको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध कारोबारमा संलग्न १ हजार ७३ जनालाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
गत आवमा ६७० वटा लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए।
लागुऔषध कारोबारमा पक्राउ पर्नेमा १ हजार १३ पुरुष र ६० जना महिला छन्। आर्थिक रूपमा सक्रिय हुनुपर्ने जनशक्तिलाई बिगार्ने र नष्ट गर्ने लागुऔषध सम्बन्धी घटना निकै जोखिममा रहेको भट्टराईले बताए।
उनले भने, ‘यो तथ्याङ्क अघिल्लो आर्थिक वर्ष भन्दा २ सयले बढी हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे १ लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण