हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड
सारांश
- नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको राजनीतिक जटिल परिस्थिति उत्पन्न हुनुमा आफूहरूले पनि त्रुटि गरेको स्वीकार गरेका छन् ।
- प्रचण्डले राष्ट्रिय स्वाधीनतामाथि दबाब र हस्तक्षेप भएको तथा प्रतिक्रान्तिकारी शक्तिले टाउको उठाएको बताए ।
- उनले भदौ २३-२४ को घटनापछि नेपाल सुगौली सन्धिपछिकै जटिल अवस्थामा पुगेको र यसका लागि समुचित समीक्षा आवश्यक रहेको बताए ।
काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक जटिल परिस्थिति उत्पन्न हुनुमा आफूहरूले पनि कहीँ न कहीँ त्रुटि गरेको स्वीकार गरेका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थीहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिले टाउको उठाएको पनि बताए । भदौ २३ २४ को घटनापछि नेपाल सुगौली सन्धिपछिकै जटिल अवस्थामा पुगेको भन्दै त्यसका लागि बुझाई फरक फरक रहेको बताए ।
‘अब सङ्कटको समाधान कसरी गर्ने भनेर छलफल गर्नु उचित हुन्छ’, प्रचण्डले भने, ‘भदौको घटनामा नेपालको सुरक्षा निकायको निरीहता आफ्नै आँखा अगाडि देख्नुपर्यो । यो सुगौली सन्धि पछिको धेरै निरीहता हो ।’ उनले यो अवस्था कसरी आयो भनेर समुचित यथोचित र वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न नसकिने बताए ।
यसका लागि सामान्य समीक्षाले नपुग्ने पनि प्रचण्डको भनाइ छ । ‘हामीले कहीँ न कहीँ ठुलै त्रुटि गरेका छौँ । भयानक परिस्थिति सिर्जना हुने, आँखै अगाडी नेपालका धरोहर जलाइने, पार्टी कार्यालय र इतिहास जलाइने परिघटना के कारणले भयो ?’, प्रश्न गर्दै प्रचण्डले भने, ‘साम्राज्यवादले हस्तक्षेप गर्यो भनेर मात्र पुग्दैन ।’
जडसुत्रवादी तरिकाबाट अहिलेको समस्या समाधान हुन नसक्ने भन्दै प्रचण्डले विगतका अनुभवहरूले पनि विदेशी शक्तिका सामु नझुकेको पार्टीहरूको इतिहास रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे १ लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण