कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा, वैदेशिक व्यापार लागत घट्ने अपेक्षा
सारांश
- कोलकाता-विराटनगर रेल्वे कार्गो सेवा तेस्रो मुलुकबाट आयात हुने मालसामान ढुवानीका लागि २०८३ साउन १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
- यस सेवाको सुरुवातले नेपालको वैदेशिक व्यापारमा सकारात्मक प्रभाव पर्ने, व्यापार लागत घट्ने, ढुवानी प्रक्रिया सुरक्षित र भरपर्दो हुने तथा आयातित वस्तुहरू छिटो गन्तव्यसम्म आइपुग्ने अपेक्षा गरिएको छ।
- यसअघि सडक मार्गबाट ढुवानी गर्दा लाग्ने विलम्ब शुल्क, कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार अब उल्लेख्य रूपमा कम हुने मन्त्रालयको ठहर छ।
काठमाडौँ। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान ढुवानीका लागि कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार २०८३ साउन १ गतेदेखि उक्त मार्गबाट कार्गो ढुवानीको कार्य सुरु भएको हो।
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले यस सेवाको सुरुवातसँगै नेपालको वैदेशिक व्यापारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।
रेल्वे कार्गो सञ्चालनमा आएसँगै व्यापार लागत घट्ने, ढुवानी प्रक्रिया थप सुरक्षित र भरपर्दो हुने तथा आयातित वस्तुहरू कम समयमै गन्तव्यसम्म आइपुग्ने उनले जानकारी दिए।
कार्गो सेवा सञ्चालनबारे बोल्दै प्रवक्ता क्षेत्रीले भने, ‘नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान भारतीय भूमि हुँदै नेपालको सीमासम्म ढुवानी गर्ने उद्देश्यले कोलकाता–विराटनगर रेलवे कार्गो सेवा २०८३ साउन १ गतेदेखि सञ्चालनमा आएको छ।’
यसअघि सडक मार्गबाट ढुवानी गर्दा नेपाली आयातकर्ताहरूले व्यहोर्नुपरेको विलम्ब शुल्क, कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार अब उल्लेख्य रूपमा कम हुने मन्त्रालयको ठहर छ।a
व्यापार सहजीकरणबारे स्पष्ट पार्दै उनले थपे, ‘यस सेवा सञ्चालनमा आएपछि व्यापार लागत घट्ने, ढुवानी थप सुरक्षित, भरपर्दो र छिटो हुने अपेक्षा गरिएको छ। साथै, ढुवानीका क्रममा नेपाली आयातकर्ताले बेहोर्दै आएको विलम्ब शुल्क, कन्टेनर डिटेन्सन शुल्क तथा सडक ढुवानीसम्बन्धी अतिरिक्त खर्चमा कमी आउनेछ।’
यस प्रक्रियाले समग्र व्यापार पारवहन लागत न्यूनीकरण गर्दै व्यापार सहजीकरणमा ठोस मद्दत पुग्ने र नेपाली उद्योगीहरूको प्रतिस्पर्धात्मक क्षमतालाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा परराष्ट्र मन्त्रालयले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण