अन्तराष्ट्रिय सिमरा भेट्रान कप आजदेखि सिमरा रंगशालामा सुरु
सिमरामा अन्तराष्ट्रिय भेट्रान कप आजदेखि सुरु हुने भएको छ । स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा भेट्रान क्लबले मंगलवार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाएको हो । खेलमा राष्ट्रिय टिममा सहभागी ४० वर्ष उमेर नाघेका १६ वटा नेपाली र २ भारतीय समुह भाग लिने आयोजकले संस्थाले जनाएको छ ।
सिमरा रंगशालामा आयोजना गरिने प्रतियोगिताको उद्घाटन खेलमा सिमरा भेट्रान बी र बाग्मती भिड्नेछन् भने दोस्रो खेलमा नागसोती भेट्रान र चितवन भेट्रानबीच खेल हुने भएको छ । प्रतियोगिता संयोजक हरि चौधरीका अनुसार पहिलो खेल २ः३० बजे र दोस्रो खेल ३ः३० बजे हुनेछ ।
प्रतियोगितामा दार्जिलिङ भेट्रान भारत, कलकत्ता भेट्रान भारत, मोरङ भेट्रान, अभिषेक चर्च परासी, नागसोती भेट्रान हेटौडा, चितवन भेट्रान, विरगंज युथ एकेडेमी भेट्रान, काठमाण्डौ भेट्रान, बाग्मती भेट्रान, भेट्रान सिटि वीरगन्ज, भुटनदेवी भेट्रान, वीरगन्ज सिटि भेट्रान, कालभैरव भेट्रान हेटौडा, डेभिल्स भेलिसेन्ट भेट्रान पोखरा, सिमरा भेट्रानको दुई टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् । सिमरा रंगशालामा आजदेखि शुरु हुने सिमरा अन्तर्राष्ट्रिय भेट्रान कप प्रतियोगिताको लागि एकीकृत समाजवादीका संस्थापक केन्द्रीय सदस्य तथा पूर्व श्रममन्त्री किसान श्रेष्ठले एक महिनाको तलव (५० हजार) र खेल सामग्री सहयोग गरेका छन् । आज शुरु हुने खेलको शहरी विकास मन्त्री मेटमणि चौधरीले उद्घाटन गर्ने आयोजक संस्थाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण