च्याम्पियन्स लिग : बार्सिलोना बायर्नसँग पराजित
बुधबार, २९ भदौ २०७९, ०८ : ०३
च्याम्पियन्स लिग फुटबलअन्तर्गत भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २-० ले हराएको छ । समूह 'सी' अन्तर्गत गएराति भएको खेलमा बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बायर्नले दोस्रो हाफमा गोल गरेको थियो ।
५० औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ५४ औँ मिनेटमा सानेले गोल गर्दा बायर्न २-० ले अघि रह्यो । लगातार दोस्रो जित निकालेको बायर्न ६ अंक जोडेर शीर्ष स्थानमा छ । पहिलो हार बेहोरेको बार्सिलोना ३ अंक जोडेर दोस्रो स्थानमा छ ।
समूहको अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई २-० ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण