च्याम्पियन्स लिग : सलाहको गोलमा लिभरपुलको पहिलो जित
बुधबार, २९ भदौ २०७९, ०८ : ३९
च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले पहिलो जित निकाल्ने क्रममा आयक्सलाई २-१ अन्तरले पराजित गरेको छ ।
समूह ए को खेलमा पहिलो जित निकाल्ने क्रममा लिभरपुलले आयाक्सलाई २-१ ले हरायो । लिभरपुललाई जित दिलाउन मोहमद सलाह र जोएल माटिपले एक एक गोल गरे । आयाक्सला मोहमद कुडुसले एक गोल गरे ।
खेलको १७ औं मिनेटमा सलाहले लिभरपुललाई अग्रता दिलाए । २७ औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै आयाक्सलाई १-१ गोलको बराबरीमा ल्याए । ८९ औं मिनेटमा माटिपले गोल गर्दा लिभरपुल २-१ ले विजयी भयो । जितसँगै लिभरपुलले २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण