यू–१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्दै
साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने नेपाल र भारतबीचको फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै नेपाल उपाधि रक्षा गर्ने योजनामा छ । समूह चरणमा अपराजित हुँदै नेपाल फाइनल पुगेको हो । नेपालले समूह चरणको अन्तिम खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो । त्यसैले आज नेपाल आफ्नो लयलाई कायम राख्न चाहन्छ ।
नेपालले सेमिफाइनल खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले हराएको थियो । यता साविकको विजेता भारत पनि उपाधि उचाल्ने योजनामा छ । तुलनात्मक रुपमा भारत नेपालमाथि हावी हुँदै आएपनि यो सिजन भने नेपालको प्रदर्शन उत्कृष्ट छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आफूहरु उपाधिका लागि खेल्ने बताए । भारतविरुद्धको खेल सहज नहुने बताउँदै उनले आफूहरुले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने बताए । प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोरेको थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण