सेना पृतना संरचनामै फर्कियो, पूर्णचन्द्रको निर्णय प्रभुरामले उल्ट्याए
नेपाली सेना पृतना संरचनामै फर्किएको छ । मन्त्रिपरिषद्ले भदौ २१ मा विगतमा रहेका ८ पृतना पुनस्र्थापना गर्ने निर्णय गरेको छ । सो निर्णयसँगै जंगी अड्डाले पुरानै जिम्मेवारी क्षेत्र तोकेर देशभर पृतना पुनःस्थापना भएको सर्कुलर गरेको छ ।
बुधवार कार्यरथी विभागका उपरथी सागर बहादुर थापाले हस्ताक्षर गरेर सर्कुलर गरेको पत्रमा भनिएको छ– ‘नेपाली सेनाको ३ जोड १ कमाण्ड अवधारणा यथावत रहनेगरी विगतमा रहेका ८ पृतनाहरू पुनःस्थापना गर्ने, पुनःस्थापित पृतनाहरूलाई विगतमा प्रदान भइरहेको जिम्मेवारी क्षेत्र अनुसार जिम्मेवारी तोक्ने निर्णय भएकोले यो परिपत्र गरिएको व्यहोरा अनुरोध छ ।’
तत्कालीन प्रधान सेनापछि पूर्णचन्द्र थापाले २०७८ साउन १ मा ३ जोड १ कमाण्ड अवधारणा लागू गरेका थिए । सो अवधारणाअनुसार उपत्यकासहित देशभर चारवटा कमाण्ड थिए । थापाले शुरु गरेको सो संरचना अहिलेका प्रधान सेनापति प्रभुराम शर्माले उल्ट्याएका छन् ।
पृतनापतिको प्रमुखमा सहायक रथीको दरबन्दी हुन्छ । कमाण्डमा उपरथीले कमाण्ड गर्दै आएका थिए । सेना पृतना संरचनामा फर्किएसँगै सहायक रथीको दरबन्दी थप्ने चलखेल शुरु भएको सैनिक अधिकारीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
-
मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
-
इप्पानको नयाँ कार्यसमिति चयनः कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण