टुकुचा खोलामा पौडी खेलेको स्मरण गर्दै कमल थापाले गरे बालेन र सुनिताको प्रशंसा
शुक्रबार, ३१ भदौ २०७९, ०९ : ४६
राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोजेर साहसिक काम गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर र उपमेयलाई धन्यवाद दिएका छन् ।
सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको स्मरण गर्दै उनले मेयर बालेन शाह र उपमेय सुनिता डंगोललाई धन्यवाद दिएका हुन् ।
अध्यक्ष थापाले शुक्रवार एक ट्वीट गर्दै उनले भनेका छन्, ‘स्याबास बालेन! स्याबास सुनिता! हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि धन्यवाद ! सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ । काठमाडौंका खोलानाला सफा, स्वच्छ र कलकल बग्ने होस्, शुभकामना ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण