माओवादीले समानुपातिक उम्मेदवारको सूची भोलिमात्र टुङ्ग्याउने
नेकपा (माओवादी केन्द्र)ले सोमबार बिहान पदाधिकारी बैठक बसेर समानुपातिक सूचीलाई अन्तिम रुप दिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान ९ बजे बैठक बसेर समानुपातिक लिष्ट फाइनल गरेर निर्वाचन आयोग बुझाउने भएको हो ।
आइतबार बिहान बसेको पदाधिकारी बैठकले प्रदेशबाट समानुपातिक उम्मेदवार संख्या धेरै आएपछि पुनः सर्ट लिष्ट बनाएर पठाउन निर्देशन दिएको सचिव गणेश शाहले बताए । ‘सात भौगोलिक र तीन गैरभौगोलिकबाट समानुपातिकमा धेरै जनाको नाम केन्द्रमा आयो । कसलाई राख्ने कसलाई फाल्ने गाह्रो भयो’ रातोपाटीसँग कुरा गर्दै शाह भने,‘त्यसैले सबै प्रदेशलाई पुनः एक पटक सर्ट लिष्ट गरेर नाम पठाउन निर्देशन दिएका छौ । प्रदेशले सर्ट लिष्ट गरेर पठाएमा भोलि बस्ने पदाधिकारी बैठकले निर्णय गर्छ ।’ प्रदेशबाट तेब्बरको संख्यामा समानुपातिक नाम सिफारिस भएर आएपछि पदाधिकारी बैठकले नाम छनोट गर्न सकस परेको शाहले बताए ।
आज बसेको पदाधिकारी बैठकले अन्तरिम विधायक बाहेक एक पटक समानुपातिक सांसद भइसकेकालाई दोहोर्याउने विषयमा छलफल भएको उपमहासचिव गिरिराजमणि पोखरेलले बताए । ‘समानुपातिक सांसद बनाउँदा राखिने मापदण्डका विषयमा बैठकमा गम्भीर छलफल भयो । अन्तरिम विधायक बाहेक एक पटक समानुपातिक सांसद भइसकेकालाई नदोहोर्याउने भन्ने छ’ पोखरेलले भने, ‘गत वैशाख ३० गतेको स्थानीय तह चुनावमा पराजित भएका र राजनीतिक नियुक्ति लिइसकेका व्यक्ति समानुपातिकमा नराख्ने भन्ने छ । अरु यसअघि बनाएको मापदण्डलाई कडाइका साथ पालना गर्ने भन्ने छ ।’
समानुपातिक लिष्टमा राख्ने व्यक्ति भन्दा मापदण्डमा बढी केन्द्रीत भई छलफल भएको पोखरेलले बताए । सोमबार अन्तिम रुप दिएर निर्वाचन आयोगलाई समानुपातिक लिष्ट माओवादीले बुझाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु वर्षमा २७५ निर्माण कम्पनी कालोसूचीमा, ३२ कम्पनी निलम्बन पर्दा १० को फुकुवा
-
छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल मन्त्रालयमा हाजिर गर्दै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
-
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण