शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले समानुपातिक उम्मेदवारको सूची भोलिमात्र टुङ्ग्याउने

आइतबार, ०२ असोज २०७९, १२ : १४
आइतबार, ०२ असोज २०७९

नेकपा (माओवादी केन्द्र)ले सोमबार बिहान पदाधिकारी बैठक बसेर समानुपातिक सूचीलाई अन्तिम रुप दिने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान ९ बजे बैठक बसेर समानुपातिक लिष्ट फाइनल गरेर निर्वाचन आयोग बुझाउने भएको हो ।

आइतबार बिहान बसेको पदाधिकारी बैठकले प्रदेशबाट समानुपातिक उम्मेदवार संख्या धेरै आएपछि पुनः सर्ट लिष्ट बनाएर पठाउन निर्देशन दिएको सचिव गणेश शाहले बताए । ‘सात भौगोलिक र तीन गैरभौगोलिकबाट समानुपातिकमा धेरै जनाको नाम केन्द्रमा आयो । कसलाई राख्ने कसलाई फाल्ने गाह्रो भयो’ रातोपाटीसँग कुरा गर्दै शाह भने,‘त्यसैले सबै प्रदेशलाई पुनः एक पटक सर्ट लिष्ट गरेर नाम पठाउन निर्देशन दिएका छौ । प्रदेशले सर्ट  लिष्ट गरेर पठाएमा भोलि बस्ने पदाधिकारी बैठकले निर्णय गर्छ ।’ प्रदेशबाट तेब्बरको संख्यामा समानुपातिक नाम सिफारिस भएर आएपछि पदाधिकारी बैठकले नाम छनोट गर्न सकस परेको शाहले बताए । 

आज बसेको पदाधिकारी बैठकले अन्तरिम विधायक बाहेक एक पटक समानुपातिक सांसद भइसकेकालाई दोहोर्याउने विषयमा छलफल भएको उपमहासचिव गिरिराजमणि पोखरेलले बताए । ‘समानुपातिक सांसद बनाउँदा राखिने मापदण्डका विषयमा बैठकमा गम्भीर छलफल भयो । अन्तरिम विधायक बाहेक एक पटक समानुपातिक सांसद भइसकेकालाई नदोहोर्याउने भन्ने छ’ पोखरेलले भने, ‘गत वैशाख ३० गतेको स्थानीय तह चुनावमा पराजित भएका र राजनीतिक नियुक्ति लिइसकेका व्यक्ति समानुपातिकमा नराख्ने भन्ने छ । अरु यसअघि बनाएको मापदण्डलाई कडाइका साथ पालना गर्ने भन्ने छ ।’ 

समानुपातिक  लिष्टमा राख्ने व्यक्ति भन्दा मापदण्डमा बढी केन्द्रीत भई छलफल भएको पोखरेलले बताए । सोमबार अन्तिम रुप दिएर निर्वाचन आयोगलाई समानुपातिक लिष्ट माओवादीले बुझाउने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप