न्युरोड जाने चारपाङ्ग्रे सवारीलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था
शनिबार, ०८ असोज २०७९, ०७ : ४९
आजदेखि फूलपातीसम्म न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनहरुलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै असोज ८ गतेदेखि फूलपातीसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।
चाडवाडमा दुर्घटना रहित यात्राका लागि शुभकामना व्यक्त गर्दै कार्यालयले काठमाडौंको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गरी यस्तो व्यवस्था गरिएको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण