पाकिस्तानमाथि इङ्ग्ल्यान्डको सहज जित
शनिबार, ०८ असोज २०७९, ०८ : २१
घरेलु टोली पाकिस्तानलाई तेस्रो खेलमा ६३ रनले पराजित गर्दै इङ्ग्ल्यान्डले सात टी-२० आई खेलमा २-१ को अग्रता बनाएको छ । २ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो ।
पाकिस्तानका शान मसुदले सर्वाधिक ६६ रन बनाए । यस्तै, खुसदिल शाहले २९ रनको योगदान गरे । इङ्ग्ल्यान्डका मार्क उडले ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनायो । उसका बेन डुकेटले ७० तथा ह्यारी ब्रुक्सले ८१ रन बनाए । यस्तै, विल ज्याक्सले ४० रनको योगदान गरे । पाकिस्तानका उस्मान कादिरले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण