मेस्सीको दुई गोलमा अर्जेन्टिनाको सहज जीत
शनिबार, ०८ असोज २०७९, १० : ०५
कप्तान लियोनेल मेस्सीको दुई गोलको मद्दतले अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा होन्डुरसमाथि ३–० को सहज जीत हासिल गरेको छ ।
मायामीमा खेलिएको खेलमा लाउटारो मार्टिनेजले खेलको १६ औँ मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६९ औँ मिनेटमा अर्को गोल थप्दै मेस्सीले अर्जेन्टिनाको जीत सुनिश्चित गरे ।
अर्जेन्टिना पछिल्ला ३४ खेलमा अपराजित रहेको छ । सन् २०१९ मा कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता टोली अपराजित रहेको छ । अर्जेन्टिनाले अर्को खेलमा मंगलबार जमैकाको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण