कर्णालीमा सेवा प्रवाह मूल्यांकन : पहिलो नम्बरमा जाजरकोट, अन्तिममा डोल्पा
सोमबार, १० असोज २०७९, १७ : १६
सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४‍.४ अंक ल्याएर पहिलो भएको हो । ३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ । दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत, चौथोमा सल्यान, पाँचौँमा मुगु, छैटौँमा दैलेख, सातौँमा रुकुम पश्चिम,आठौँमा जुम्ला, नवौँमा हुम्ला र दशौँमा डोल्पा छ ।

सेवाप्रवाह, भौतिक प्रगति, वार्षिक प्रतिवेदन, बेरुजु फर्स्यौट, सहभागिता समन्वय, राष्ट्रिय योजना आयोगको अनुसूची २, नव प्रवर्द्धनात्मक कार्यहरू सूचकमा समेटिएका थिए । कार्यालय प्रमुखको प्रस्तुति, जिल्ला स्तरमा समीक्षा व्यवस्थापन, जिल्लाको समग्र प्रदेशमा प्रस्तुति र भौगोलिक अवस्था आदिलाई आधार मानेर मूल्याङ्कन गरिएको थियो । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
-
बिहीबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
लोमान्थाङमा नयाँ पुल बनेपछि...
-
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण