आत्मसमर्पणवादी मानसिकताले मुलुक स्वाधीन बन्न सक्दैन : थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिकीरहनको लागि विदेशी शक्तिको आशीर्वाद खोज्ने प्रवृत्तिले मुलुक स्वाधीन बन्न नसक्ने बताएका छन् । राप्रपा नेपाल केन्द्रीय पदाधिकारी, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूको संयुक्त भर्चुअल बैठकलाई बुधवार सम्बोधन गर्दै थापाले विदेशी दबाब र प्रभावलाई अस्वीकार गर्न सक्ने नेतृत्व अहिले मुलुकले खोजिरहेको बताए ।
राष्ट्रियताको संवर्द्धन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको एजेण्डा बोक्ने दल र नेतालाई जनताले रोज्नु पर्ने उनले बताए । राजनीतिमा निष्ठा र इमानदारिता आवश्यक हुने चर्चा गर्दै राजनीतिलाई फोहोरी बन्न नदिन जनताले चुनावमार्फत सही नेतृत्व छान्न पर्ने उनको भनाई छ ।
बैठकले देशभर भइरहेको चुनाव तयारीबारे समीक्षा गरेको तथा आमचुनावमा राप्रपा नेपाललाई विजय बनाउन आवश्यक रणनीति एवं कार्ययोजना समेत तयार गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण