माओवादी कर्णालीमा पहिलो पार्टी बन्ने गरी भागबण्डा हुनुपर्छ : अध्यक्ष केसी
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले कर्णाली प्रदेशमा माओवादी पहिलो बन्ने सम्भावना रहेको पार्टी भएको बताएकी छन् । सीट बाँडफाँट गर्दा प्रदेशमा माओवादी नै पहिलो पार्टी बन्ने गरी भागबण्डा मिलाउनुपर्ने उनको तर्क छ ।
०७४ मा प्रदेश सभा तर्फ प्रत्यक्षतर्फ २४ सीट मध्ये ९ सीट जितेको थियो । बाम गठबन्धन भएको हिसाबले सरकारको नेतृत्व माओवादीले गर्ने अवसर प्राप्त गरेको थियो । आसामी मंसिर ४ मा हुने निर्वाचन पछि पनि कर्णालीमा माओवादी नेतृत्वको सरकार बन्ने गरी सीट बाँडफाँट हुनुपर्ने केसीको भनाइ छ ।
उनले भनेकी छन्,‘ ७ वटा प्रदेशमा माओवादी पहिलो पार्टी बन्ने सबैभन्दा बढी सम्भावना भएको प्रदेश कर्णाली हो । विश्वास छ त्यसका लागि हाम्रा आदरणीय नेता कमरेडहरु लागि पर्नुभएको छ ।’ यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कर्णालीमा माओवादी नेतृत्वको सरकार बन्ने गरी आफू लाग्ने बताएका थिए ।
सत्ता गठबन्धनले प्रतिनिधि सभाको भागबण्डाको टुङ्गो लगाएपनि प्रदेशतर्फको सीट बाँडफाँट हुन् सकिरहेको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ हुँदै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण