यी हुन् कर्णाली प्रदेशमा एमालेका उम्मेदवारहरु
नेकपा एमालेले कर्णाली प्रदेशमा प्रतिनिधि र प्रदेश सभामा आफ्ना उम्मेदवारहरु चयन गरेको छ । सल्यान जिल्लामा प्रतिनिधि सभातर्फ उम्मेदवार टुंग्याउन बाँकी रहेको छ भने प्रदेश सभातर्फ गुलावजंग शाह र कुलबहादुर गिरीले टिकट पाएका छन् । उता जाजरकोटमा प्रतिनिधि सभामा निरज आचार्य र प्रदेश सभातर्फ डम्बर सिंह र खिमबहादुर शाहीले टिकट पाएका छन् ।
सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट ध्रुव कुमार शाही तथा प्रदेश सभातर्फ ठम्मर विष्ट र डण्डीप्रसाद शर्मा उम्मेदवार चयन भएका छन् । जिल्लाको क्षेत्र नम्बर २ मा अमृत विसी र प्रदेश सभातर्फ यामलाल कंडेल र ताराकेशर गौतमले टिकट पाएका छन् ।
दैलेख जिल्लामा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रविन्द्रराज शर्मा तथा प्रदेश सभातर्फ धर्मराज रेग्मी र प्रेम थापाले टिकट पाएका छन् भने क्षेत्र नम्बर २ मा लक्ष्मी पोखरेल तथा प्रदेश सभातर्फ तिलकप्रसाद रिजाल र विनोद कुमार शाह उम्मेदवार चयन भएका छन् ।
जुम्लामा प्रतिनिधि सभामा रतननाथ योगी र प्रदेश सभातर्फ टेकराज पर्छाइ र धीरेन्द्रराज गिरी उम्मेदवार चयन हुँदा हुम्लामा प्रतिनिधि सभामा दल रावल तथा प्रदेश सभामा दल फडेरा र अर्कोमा छलफल जारी रहेको छ ।
डोल्पाबाट प्रतिनिधि सभामा गणेश शाही तथा प्रदेश सभामा शेरबहादुर बुढा र धनचन्द्र वैजीले टिकट पाएका छन् ।
मुगु जिल्लामा प्रतिनिधि सभामा राजु कार्की र प्रदेश सभामा जित बहादुर मल्ल र कर्ण बहादुर मल्लले टिकट पाएका छन् । रुकुम पश्चिममा प्रतिनिधि सभामा नन्दलाल शर्मा तथा प्रदेश सभामा नारायण शाह र कर्ण बहादुर घर्ती उम्मेदवार चयन भएका छन् ।
कालिकोट जिल्लामा प्रतिनिधि सभामा नागेन्द्र शाही तथा प्रदेश सभातर्फ कृष्ण आचार्य र विरेन्द्र वोगटी उम्मेदवार छनोट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण