दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
सारांश
- भारतको राजधानी दिल्लीको रोहिणी क्षेत्रमा लगातारको वर्षाका कारण निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु भएको छ ।
- दुर्घटनामा केही मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ र उद्धार कार्य जारी छ ।
- घटनास्थलमा उद्धार कार्य जारी रहेको र दोषी पाइएका जो कोहीलाई पनि कडा कारबाही गरिने अधिकारीहरूले बताएका छन् ।
काठमाडौँ । भारतको राजधानी दिल्लीमा लगातार भइरहेको वर्षाका बिच बुधबार साँझ रोहिणी क्षेत्रमा एक निर्माणाधीन पाँच तले भवन भत्किएको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने केही मानिसहरू भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
यो दुर्घटना रोहिणीको सेक्टर–१६ स्थित ‘पकेट जी–५ एमसीडी स्कुल’ नजिकै भएको हो।
रोहिणीका डीसीपीका अनुसार यो घटना साँझ ४ः२६ बजेको हो । उनले भने, ‘हामी घटनास्थलमै छौँ र उद्धार कार्यमा जुटिरहेका छौँ । अहिलेसम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने केही मानिसहरू अझै भग्नावशेषभित्र फसेको हुनसक्ने आशंका छ । हामीले एक जना घाइतेलाई सकुशल उद्धार गरेका छौँ र उद्धार कार्य जारी छ ।’
यसैबिच, उक्त क्षेत्रका काउन्सिलर प्रदीप मित्तलले पाँच तले भवन भत्किँदा केही मानिस भग्नावशेषमुनि फसेको बताउँदै अहिले मुख्य ध्यान उद्धार कार्यमा केन्द्रित रहेको जनाएका छन् । उनले यस घटनाका लागि जो कोही जिम्मेवार पाइए पनि उनीहरूविरुद्ध कडाभन्दा कडा कानुनी कारबाही गरिने स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण