रामोसलाई रातो कार्ड, पिएसजी रोकियो
आइतबार, २३ असोज २०७९, ०७ : ४०
रक्षक सर्जिओ रामोसले रातो कार्ड सामना गरेको खेलमा पेरिस सेन्ड जर्मेन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ । स्टार स्ट्राइकर लियोनल मेसी बिना मैदान उत्रिएको पिएसजी शनिबार राति फ्रेन्च लिग वानमा रेइम्ससँग अंक बाढ्न बाध्य भयो ।
अर्का स्टार नेयमार समेत बेन्चमा रहेको स्थितिमा पिएसजीको अग्रपंक्ति केलियम एम्बाप्पेले सम्हालेको थिए । उनी समेत गोलबिहीन रहे । नेयमार खेलको ५७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
खेलको ४१ औं मिनेटमा रक्षक रामोसले दोहोरो पहेँलो कार्डको सामना गरेपछि पिएसजी पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो । बराबरीसँगै १० खेलबाट २६ अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ । समान खेलबाट ८ अंक जोडेको रेइम्स १४ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण