पुटिनले दिए ‘तबाही मच्चाउने’ जनरललाई युक्रेनको कमान्ड
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार युक्रेन युद्धको कमाण्ड एक प्रमुख सैन्य अधिकारीलाई हस्तान्तरण गरेका छन् । रुसी सरकारले सर्गेई सुवोविकीनलाई 'विशेष सैन्य अभियानको क्षेत्रमा संयुक्त सेनाको कमाण्डर' नियुक्त गरेको जनाएको छ।
रुसले सुरुदेखि नै युक्रेन युद्धलाई युद्ध नभई विशेष सैन्य अपरेशन भन्दै आएको छ । क्राइमियालाई रुससँग जोड्ने पुलमा ट्रक बम विष्फोट भएको केही घण्टापछि लिइएको यो निर्णयसँगै रुसले यस युद्धसँग सम्बन्धित आफ्नो रणनीतिसँग सम्बन्धित महत्त्वपूर्ण सङ्केत दिएको छ ।
उक्त बम विष्फोटमा पुलमा ठूलो क्षति पुगेको थियो । योसँगै सातवटा इन्धन ट्याङ्कीमा आगलागी भएको भने । यद्यपि युक्रेनले आक्रमणको जिम्मेवारी भने लिएको छैन। पुल विस्फोट भएको झण्डै ४८ घण्टापछि रुसले सोमबार युक्रेनको राजधानी किभमा भयानक आक्रमण गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिसाइल आक्रमणलाई ‘आतंकवादी गतिविधि’ को प्रतिक्रिया भनेका छन् ।
को हुन् सर्गेई सुवोविकीन ?
साइबेरियामा जन्मेका ५६ वर्षीय सर्गेई सुवोविकीन आफ्ना साथीहरूमा 'जनरल आर्मागेडोन' भनेर चिनिन्छन् । रूसी सेनामा उनको क्यारियर धेरै छिटो प्रगति भएको छ। अफगानिस्तानदेखि चेचन्या, ताजिकिस्तान र सिरियासम्म विश्वले उको क्रूरता र बर्बरता देखेको छ। रुसले उनलाई कडा सैन्य नेता मान्छ।
रुसी समाचार एजेन्सी टासका अनुसार चेचन्याको युद्धमा उनले सार्वजनिक रूपमा भनेका थिए कि ‘एक मृत सैनिकको बदलामा तीन चरमपन्थी मारिनेछन् ।’ अगस्ट २०१७ मा रुसी सेनाको जनरल बन्नुअघि उनी सिरियाली युद्धको कमाण्डमा थिए । समाचार एजेन्सी टासका अनुसार सन् २०१७ मा सर्गेई सुवोविकीनले सिरियामा उपस्थित सेनाको नेतृत्व गर्दै मुख्य यातायात मार्गहरू र तेल क्षेत्रहरू लगायतका अधिकांश क्षेत्र आफ्नो कब्जामा लिएका थिए।
सेप्टेम्बर २०१७ मा उनलाई रूसी एयरोस्पेस फोर्सको कमाण्डर-इन-चीफ घोषित गरिएको थियो, जसको आधारमा उनलाई सिरियाली शहर अलेप्पोमा विनाशकारी हवाइ आक्रमणको लागि जिम्मेवार ठहराइएको थियो। एक महिना पछि पुटिनले सर्गेईलाई सिरियामा उनको उत्कृष्ट कामको लागि 'रुसी संघको हिरो' पुरस्कारले सम्मानित गरेका थिए ।-बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण