रुकुम पश्चिममा कांग्रेस र स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
रुकुम पश्चिममा नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता लिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रबाट कांग्रेसले उम्मेदवारी फिर्ता लिएको हो ।
कांग्रेसबाट प्रतिनिधि सभाका लागि मानबहादुर नेपाली र स्वतन्त्रबाट प्रतिनिधि सभाका उम्मेदवार लालबहादुर महतले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै प्रदेश सभा (क) मा कांग्रेसले कृष्णबहादुर रोकायालाई उम्मेदवार बनाएको थियो । उनले पनि गठबन्धनलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै प्रदेश सभा (क) का स्वतन्त्र उम्मेदवार भिमदत्त खड्का, प्रदेश सभा (ख) का कांग्रेस उम्मेदवार खडक डाँगीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
गठबन्धनको भागवण्डा अनुसार प्रतिनिधि सभा र प्रदेश सभा (क) माओवादीलाई भाग परेको थियो भने (ख) मा कांग्रेस/माओवादी दुवैको नाम उल्लेख गरिएको थियो । यद्यपि माओवादीले तीन वटामै पाउनुपर्ने अडान कायम राखेपछि कांग्रेसले सबै क्षेत्रमा उम्मेदवारी दिएको थियो । अब प्रतिनिधि सभामा गठबन्धनका साझा उम्मेदवारको रूपमा माओवादीका नेता जनार्दन शर्मा र प्रदेश (क) मा महेन्द्र केसी र (ख) मा माओवादीकै राजकुमार शर्मा उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भेटिएपछि....
-
सचिव पुष्कर अनिवार्य अवकाशमा
-
राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
-
आन्तरिक रूपमा तयार पार्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक नगर्ने आयोगको नीति
-
बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
-
फरार रहेका ७ जना प्रतिवादीको हकमा के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण