मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिममा कांग्रेस र स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

बुधबार, २६ असोज २०७९, १६ : ०४
बुधबार, २६ असोज २०७९

रुकुम पश्चिममा नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता लिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रबाट कांग्रेसले उम्मेदवारी फिर्ता लिएको हो ।  

कांग्रेसबाट प्रतिनिधि सभाका लागि मानबहादुर नेपाली र स्वतन्त्रबाट प्रतिनिधि सभाका उम्मेदवार लालबहादुर महतले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै प्रदेश सभा (क) मा कांग्रेसले कृष्णबहादुर रोकायालाई उम्मेदवार बनाएको थियो । उनले पनि गठबन्धनलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै प्रदेश सभा (क) का स्वतन्त्र उम्मेदवार भिमदत्त खड्का, प्रदेश सभा (ख) का कांग्रेस उम्मेदवार खडक डाँगीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । 

गठबन्धनको भागवण्डा अनुसार प्रतिनिधि सभा र प्रदेश सभा (क) माओवादीलाई भाग परेको थियो भने (ख) मा कांग्रेस/माओवादी दुवैको नाम उल्लेख गरिएको थियो । यद्यपि माओवादीले तीन वटामै पाउनुपर्ने अडान कायम राखेपछि कांग्रेसले सबै क्षेत्रमा उम्मेदवारी दिएको थियो । अब प्रतिनिधि सभामा गठबन्धनका साझा उम्मेदवारको रूपमा माओवादीका नेता जनार्दन शर्मा र प्रदेश (क) मा महेन्द्र केसी र (ख) मा माओवादीकै राजकुमार शर्मा उम्मेदवार बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप