पार्टीमा अन्तर्घात गर्नेलाई सिके राउतको चेतावनी
बिहीबार, २७ असोज २०७९, १४ : २२

जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गरी पार्टीका उम्मेदवारलाई असहयोग गरेमा पार्टीको साधारण सदस्य समेत खारेज हुने गरि कारबाही गर्ने जनाएका छन् ।
कसैले पद वा जिम्मेवारीमा बसेर निष्क्रिय भई दिएमा, यस अवस्थामा काम गर्नुभन्दा अनावश्यक बखेडा र झैझगडा निकालेमा, दुष्प्रचार गरेमा, आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग नगरी अन्य उम्मेदवारको प्रचारप्रसार गरेमा त्यस्ता सदस्यहरूमाथि साधारण सदस्यता समेत खारिज हुने गरी कडा कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।
यस्ता गतिविधिहरूमा कडा निगरानी गर्न र केन्द्रीय सचिवालयलाई सूचना उपलब्ध गराउन केन्द्रीय समितिदेखि बुथ समितिका सबै पदाधिकारीलाई उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने