पोखरामा भाइटीका महोत्सव हुने
होटल सङ्घ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक १० गते १५ औँ संस्करणको भाइटीका महोत्सव २०७९ आयोजना गर्ने भएको छ । लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव आयोजना गरिने भएको छ ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा आशा जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड–१९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले आपसी भाइचारा अभिवृद्धि गर्दै पर्यटन पुनरुत्थानमा महोत्सवले सघाउने विश्वास व्यक्त गरे।
महोत्सवका संयोजक एवं सङ्घका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठका अनुसार कोभिडकै कारण अघिल्ला दुई वर्ष गर्न नसकिएको महोत्सव विगत वर्षदेखि पुनः निरन्तरता दिन थालिएको हो । महोत्सवका लागि विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्याएर समेत आउने अपेक्षा गरिएको उनले बताए ।
तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यमबाट पर्यटक आकर्षित गर्न यस प्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय गतिविधिका रुपमा स्थापित भएको सङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण