संसदीय व्यवस्था गलत दिशातिर गइरहेको छ : महरा
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताएका छन् । शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उपाध्यक्ष महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न गरे । उनले नेपाल आर्थिक रुपमा बिस्तारै कमजोर बनिरहेको पनि दाबी समेत गरे ।
उनले नेपालको व्यवस्थाप्रति समेत नकरात्मकता आउन थालेको उल्लेख गर्दै देशको व्यवस्था नकरात्मकतातिर जानुमा तत्कालीन नेकपा एमालेको सरकार केपी शर्मा ओलीको नेतृत्वको दोष रहेको आरोप लगाए । उनले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधान संगत बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यक्ता भएको जिकिर गरे । उनले नेकपा एमालेसहितको गठबन्धनलाई प्रतिगमनकारीहरुको गठबन्धन भएको आरोप पनि लगाए ।
उनले भने– ‘वास्तवमा संसदीय व्यवस्था अघि बढ्दै जाँदा जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर भन्दा कतै अन्त नै जाँदै छ कि भन्ने मलाई आभास भएको छ । मैले के पनि देख्दछु भने आर्थिक रुपले देश विस्तारै शो डाउन हुँदैछ । व्यवस्थाप्रति पनि अलिकति नेगेटिभ चिज जाँदैछ । त्यसकारण वास्तवमा राजनीतिक रुपले हेर्दा हिजो जुन व्यवस्था गठबन्धन भन्दा पहिला नेतृत्व गरेको सरकार थियो, नेकपा एमालेको केपी ओलीले नेतृत्व गरेको सरकार त्यो सरकारको असक्षमताका कारणले शुरु भएको हो । त्यसलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भएको छ ।’
उपाध्यक्ष महराले नेपालमा विदेशी लगानी कमजोर बन्दै गइरहेको बताए । उनले नेपालले आफ्नो श्रोत, साधनको उचित प्रयोग गरेर विदेशी लगानी भित्र्याउनुपर्नेमा जोड दिन आवश्यक रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण