नेकपाको महासचिवमा फेरि विप्लव चयन, ८१ सदस्यीय केन्द्रीय समिति गठन
नेकपाको महासचिवमा फेरि नेत्र विक्रम चन्द विप्लव चयन भएका छन् । कपिलवस्तुमा भएको नेकपाको नवौँ महाधिवेशनबाट विप्लवलाई महासचिवमा चयन गरिएको सो पार्टी निकट पत्रकार प्रकाश डुम्रेले जानकारी दिए ।
यस्तै महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समितिमा निर्वाचित गरिएको छ ।
असोज २५ गतेदेखि चलेको महाधिवेशन विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ । विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए । प्रतिनिधिहरूले राखेको चासो, जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै विप्लवले पुँजीवादी विश्व असफल भएकोले समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपिल गरे ।
मंगलबार सम्पन्न महाधिवेशनले दलाल संसदीय व्यवस्था नेपालमा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै नेपालमा वैज्ञानिक समाजवाद अनिवार्य भएको र त्यो एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र पूरा गर्ने निष्कर्षसमेत निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण