सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

महिला भलिबलमा एपीएफलाई स्वर्ण

बुधबार, ०२ कात्तिक २०७९, १७ : ०६
बुधबार, ०२ कात्तिक २०७९

विभागीय टोली एपीएफले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलमा स्वर्ण पदक जितेको छ ।  बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराउँदै स्वर्ण पदक जितेको हो । 

गलकोटमा पहिलो सेट २५–१९ ले जितेको एपीएफले दोस्रो सेटमा ३०–२८ को जित निकाल्यो ।  तेस्रो सेटमा भने पुलिसले जित निकालेको थियो । पुलिसले तेस्रो सेट २४–२६ ले जित्दा चौथो सेटमा एपीएफले २५–१९ ले जित निकाल्यो । 
पुलिस क्लबले रजत पदक जितेको छ । महिला भलिबलमा बागमती प्रदेशले कास्य पदक जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप