सानिमा बैंकले हरितगृह ग्यास उत्सर्जनको गणना, समीक्षा र लेखाङ्कन गर्ने
सानिमा बैंकले ‘पार्टरशीप फर कार्बन अकाउन्टिङ फाइनान्सियल’सँग साझेदारी गरेको छ, जस अनुसार बैंकले आफ्नो वित्तीय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्नेछ ।
कार्बन अकाउन्टिङ विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरुले आफूले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रुपमा लेखाङ्कन, मूल्याङ्कन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरुको सहकार्य हो ।
संस्थाको विश्वभर छ वटा महादेशका ३०० भन्दा बढी वित्तीय संस्थाहरूको सहकार्य भैसकेको छ । साथै, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्तमा पनि तिव्र रुपमा विस्तार भइरहेको छ ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरुबाट उत्सर्जन हुने हरितगृह ग्यासको वैज्ञानिक तवरले मापन गर्ने हुनाले भविष्यमा दिगो वित्तीय गतिविधि गर्नका लागि टेवा पु¥याउने कुरा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण