बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

आयुर्वेद क्षेत्रमा राजनीतिक प्रतिबद्धता आवश्यक छ : महानिर्देशक उपाध्याय

शुक्रबार, ०४ कात्तिक २०७९, १७ : ४९
शुक्रबार, ०४ कात्तिक २०७९

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले आयुर्वेद क्षेत्रलाई अगाडि बढाउनका लागि राजनीतिक प्रतिबद्धताको खाँचो भएको बताएका छन् । राजनीतिक प्रतिबद्धतासँगै आयुर्वेदमा बजेट विनियोजन गरेमा बृहत् रूपमा यस क्षेत्रलाई अगाडि बढाउन सकिने धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा डा. उपाध्यायले बताएका हुन् ।

आयुर्वेद आयु र वेद दुई शब्द जोडिएर बनेको छ । जसको अर्थ आयु भन्नाले जीवन र वेद भन्ने विज्ञानको प्रबर्द्धता रूपमा धन्वन्तरिलाई लिइनु साथै विश्व जगतमै चिकित्सा विधाका औषधि तथा रोग निदान सम्बन्धित अनुसन्धानकर्ता र शल्य चिकित्सा र शल्य चिकित्साको  रूपमा लिएको महानिर्देशक डा उपाध्यायले बताए  । नेपालमा पूर्वाधार, जनशक्तिमा लगानी कम भएकाले आयुर्वेदको विकास र अनुसन्धानमा पछाडि परेको उनले बताए ।

उनले भने, ‘तीतेपातीको विषयमा खोज अनुसन्धान गरेर चीनले नोबेल पुरस्कार प्राप्त गर्‍यो, तर नेपाल परापूर्व कालदेखि प्रयोग हुँदै आएको छ । हाम्रोमा आयुर्वेदसम्बन्धी अनुसन्धानमा बढ्न नसक्नुको प्रमुख कारण बजेटको कमी  हो ।’ समाजमा आयुर्वेद औषधि सेवन गर्दा मुटु कलेजो, मिर्गौला बिग्रिन्छ भन्ने भ्रम फैलाएको उनले बताए । उनले एन्टीवाइटिक ,आयुर्वेदको औषधि सेवन गर्दा सम्बन्धित विशेषज्ञको सल्लाहमा गर्नुपर्ने बताए । उनले विशेषज्ञ सल्लाहबिना आयुर्वेदिक औषधि सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर गर्ने बताए ।

मोडन मेडिसिनको फिजिसियन र आयुर्वेदको फिजिसियनबीच समन्वय हुनुपर्ने डा. उपाध्यायले बताए । आयुर्वेदमा वैज्ञानिक रूपमा प्रमाणित भएका कुरालाई आधुनिक मेडिसिनले स्वीकार गर्ने वातावरण सृजना गर्न अतिआवश्क भएको उनको भनाइ छ । ‘एक अर्कालाई नकारात्मक दृष्टिले हेर्न हुँदैन, आयुर्वेदलाई विज्ञानले प्रमाणित गरेको विषय हो,’ उनले भने । संघीय सशर्त कार्यक्रमअन्तर्गत ७७ वटा जिल्लामा आयुर्वेद चिकित्सा सेवा, ज्येष्ठ नागरिक सेवा, स्तनपायी आमा दुग्ध वर्धन औषधि वितरण, नागरिक आरोग्य कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग कार्यक्रम, आयुर्वेद शिविर, खुला योग तथा व्यायाम लगायतका कार्यक्रमहरू सञ्चालनमा आएको उनले बताए । प्रदेश तथा स्थानीय तहबाट समेत स्थानीय आवश्यकता अनुपकार आयुर्वेद सेवा कार्यक्रम संचालित छन् । नेपालमा हरेक वर्ष १७ लाख मानिसले आयुर्वेदसम्बन्धी सेवा दिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप