शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ह्याम्स अस्पतालको आईभीएफ केन्द्रको उद्घाटन

शुक्रबार, ०४ कात्तिक २०७९, २१ : ३०
शुक्रबार, ०४ कात्तिक २०७९

राजधानीको धुम्बाराहीस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स)अस्पतालले कृतिम गर्भधारण सेवा ( Invitro Fertilization )  शुरु गरिएको छ । अत्याधुनिक उपचार पद्धति भित्र्याएर स्वदेशमै अन्र्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आएको सो अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट संचालन स्वीकृति प्राप्त सेवा सुरुवात गरेको हो । 

सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङबाट आईभीएफ केन्द्रको उद्घाटन गरे ।  आईभीएफ केन्द्रको सेवा पश्चात निःसन्तान दम्पतिहरुले सन्तान प्राप्त गरी सुखी दाम्पत्य जीवन व्यतित गर्न ठूलो सघाउ पुग्ने विश्वास अस्पतालले लिएको छ । 

 सेवाका लागि चाहिने अत्याधुनिक उपकरण तथा पूर्वाधार अस्पतालमा रहेको  जनाइएको छ । यो विभागमा चर्चित प्रजनन विशेषज्ञ डा.भोला रिजाल तथा प्रा.डा.पदमराज पन्त रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप