नेपालले क्षतिपूर्तिको विषय उठाउने
जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७) मा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठाउने भएको छ । बढ्दै गएको पृथ्वीको तापमानलाई कसरी रोक्ने भन्ने मुख्य उद्देश्यसहित इजिप्टको सामएलसेख सहरमा कात्तिक २० देखि मङ्सिर २ गतेसम्म हुने सम्मेलनमा नेपालले ती विषय उठाउने भएको हो ।
खनिज, इन्धन तथा कोइलाको प्रयोगले पृथ्वीको तापक्रम बढ्दै गएको बताइएको छ । वातावरण पत्रकार समूहद्वारा कोप–२७’ बारे शुक्रबार आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्माले सम्मेलनमा उठाउने विषयबारे सरकारले आवश्यक तयारी गरिरहेको बताए । जलवायु परिवर्तनका कारण हुने अतिवृष्टिबाट उत्पन्न समस्याको प्रभाव मुलुकका ठूला भूभाग र जनसङ्ख्यामा देखिन थालेकाले सम्मेलनमा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठानुपर्ने देखिएको उनले स्पष्ट पारे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण