कविता : युद्धको छाँया
शनिबार, ०५ कात्तिक २०७९, ०७ : ४७
आकाश उज्यालो हुनुपर्ने
कालोपोतो दलेर
राक्षसी बनेको किन भएको होला ?
पूर्वमा लाली हैन ज्वारभाटा उठेको छ
क्रिमियामा यतिबेला
प्रिय कविका शब्दहरू भोकै छन्
मेरो आँखाका परेला काँचै छन्
युद्धमा दुईवटा लडाकु विमान चिप्लिएर
नदीलाई विकृत पारेका छन्
खेतबारीमा बालीनाली बाँझै छन्
समयको उचित मौसममा
घाँसको ऊनिचित गला रेटिएको छ
उल्टो सपना संस्करणमा
गाईवस्तु र चरनका खर्कहरू
तोपका गोलाले भरिएका छन्
गोलीका पुराना खोकाका टुक्रा
पानी बनेर धाराबाट तपतप चुहिन्छन्
तिमीलाई खाली हात देखाएर
अनौठो सलाममा
खाली उपत्यकामा
आकाश लम्बिदै छ
तिम्रो पछाडि छायाँ छ, युद्धको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण