कविता : युद्धको छाँया
शनिबार, ०५ कात्तिक २०७९, ०७ : ४७
आकाश उज्यालो हुनुपर्ने
कालोपोतो दलेर
राक्षसी बनेको किन भएको होला ?
पूर्वमा लाली हैन ज्वारभाटा उठेको छ
क्रिमियामा यतिबेला
प्रिय कविका शब्दहरू भोकै छन्
मेरो आँखाका परेला काँचै छन्
युद्धमा दुईवटा लडाकु विमान चिप्लिएर
नदीलाई विकृत पारेका छन्
खेतबारीमा बालीनाली बाँझै छन्
समयको उचित मौसममा
घाँसको ऊनिचित गला रेटिएको छ
उल्टो सपना संस्करणमा
गाईवस्तु र चरनका खर्कहरू
तोपका गोलाले भरिएका छन्
गोलीका पुराना खोकाका टुक्रा
पानी बनेर धाराबाट तपतप चुहिन्छन्
तिमीलाई खाली हात देखाएर
अनौठो सलाममा
खाली उपत्यकामा
आकाश लम्बिदै छ
तिम्रो पछाडि छायाँ छ, युद्धको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण