‘भ्रष्टाचार गरेको प्रमाणित भए राजनीतिबाटै सन्यास लिनेछु’
नेपालगन्ज/ कार्तिक ५
जनता समाजवादी पार्टीका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले विकास र भ्रष्टाचारका विषयमा सार्वजनिक चोकहरूमा आफू बहस गर्न चुनौती दिएका छन् । आफ्ना विपक्षी उम्मेदवारहरूले ‘भ्रष्टाचार गरेको र झूटा बाचाहरू गरेको’ भनेर प्रचार गरिरहेको बताउँदै उनले त्यसका लागि सार्वजनिक बहसको सामना गर्न आफू तयार रहेको पनि बताएका हुन् ।
‘कसैले भनिरहेका छन् कि इश्तियाक राईले भ्रष्टाचार गरिरहेको छ, झूटा बाचाहरू गरिरहेको छ। तर म उहाँहरूलाई चुनौती दिन चाहन्छु, धम्बोजी चोक, विपी चोक, त्रिभुवन चोक वा रामलिला मैदान तपाईंहरूले कहाँ भन्नुहुन्छ त्यही ठाउँमा सार्वजनिक बहस गर्न तयार छु‘ उनले भने ‘कसले विकास गरेको छ र कसले भ्रष्टाचार गरेको छ भन्ने कुराको प्रमाण मसँग पनि छ। तपाईंहरूसँग मेराविरूद्ध प्रमाण छ भने लिएर आउन चुनौती दिन्छु। प्रमाणित गरिदिनुस् कि मैले काम गरेको छैन भ्रष्टाचार गरेको छु त्यो बेला म राजनीतिबाटै सन्यास लिनेछु।’
तत्कालीन मेयर धवल शमशेर राणाले आफूलाई खुबै सदाचारी बनाउन खोजे पनि उनको भ्रष्टाचारका कर्तुत एकपछि अर्को सार्वजनिक भइरहेको आरोप लगाए। उनले भने, ‘ अख्तियारले नै जसमाथि भ्रष्टाचारको अभियोगमा अनुसन्धान गरिरहेको छ। जसका विरुद्ध ३-३ वटा उजुरी परेको छ। उसले नै सदाचारको कुरा गर्न सुहाउँदैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण