अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु सहज
करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनवटै बिन्दुका लागि भारतसँग पहल गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ ।
करिब एक वर्षअघि महेन्द्रनगरको प्रवेश बिन्दुका लागि भारतसँग आग्रह गरिएको भए पनि अझै भारतले सहमति दिएको छैन । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै सञ्चालनमा आउन लागेको पोखरा
अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु (लिमा ६२६) नै उपयुक्त हुने हवाई विज्ञले बताएका छन् ।
अहिले नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सिमरा (गल्फ ५९८) प्रवेश बिन्दु प्रयोग गरिरहेका छन् । यो प्रवेश बिन्दुबाट काठमाडौँ र प्रस्तावित निजगढ विमानस्थललाई पनि उपयुक्त हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई भने सिमरा प्रवेश बिन्दु त्यति उपयुक्त मानिँदैन ।
महेन्द्रनगर प्रवेश बिन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध, पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहज हुने विमानस्थलमा महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण